गठबन्धन स्थानीय तहले आवश्यकताका आधारमा गर्नेछ : यादव
जनकपुर। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले गठबन्धन स्थानीय तहले आवश्यकताका आधारमा गर्ने बताएका छन्। जनकपुरमा मंगलवार सञ्चारकर्मीहरुसंगको भेटघाटमा अध्यक्ष यादवले सो कुरा बताएका हुन्।
यादवले मधेस प्रदेशमा जनता समाजवादी पार्टीले पहिले मेयर र अध्यक्षमा जीतेको पालिकाहरु र यसपटक जीत्ने अवस्था रहेको स्थानीय तहमा गठबन्धन नगर्ने बताएता छन्।
गठबन्धनको मंगलबार महोत्तरीको बर्दिबासमा प्रदेश कार्यदलको बैठकमा समेत आवश्यकताको आधारमा गठबन्धन गर्ने निर्णय भएको छ । जनता समाजवादी पार्टीका प्रदेश अध्यक्ष रामबाबु यादवले जहाँ सत्तारूढ दलहरू आफैं बलियो छ, आफैंभित्र प्रतिस्पर्धा छ त्यहाँ गठबन्धन हुँदैन भनेका छन् ।
विपक्षी दल बलियो भएका पालिकाहरुमा मात्र तालमेल गरेर जाने निर्णय भएको यादवले बताए । स्थानीय तहको तालमेल वडा स्तरमा जरुरी नभएकोले सबै गठबन्धनका सहयात्रीहरु आआफ्नै हिसावले लडन स्वतन्त्र रहनेछन् । मधेस प्रदेशस्तरीय गठबन्धनको बैठकले पालिका स्तरमा गठबन्धन भएका स्थानहरुमा प्रमुख र उपप्रमुखलाई नै सबै दलले मतदिनुपर्ने सहमति भएको छ ।
पालिकास्तरमा दलहरूको स्थितिबारे बुझ्न मधेस प्रदेश कार्यदल वैशाख ३ गतेसम्म जिल्ला–जिल्लामा पुग्ने कार्यक्रम छ । प्रदेशस्तरको कार्यदल र सत्ता गठबन्धनका जिल्ला अध्यक्षहरूसँग छलफल गरी कुन ठाउँमा गठबन्धन गर्ने/नगर्ने अन्तिम निर्णय गर्न पुन वैशाख ४ र ५ गते बैठक डाकिएको छ ।
यसैबीच सप्तरीको कञ्चनरुप नगरपालिकामा जसपाबाट मेयरमा सर्वसम्मतिले सिफारिस भएका भोला पासवानको नेतृत्वमा पार्टी अध्यक्ष उपेन्द्र यादवलाई भेट्न जनकपुर आएको टोलीलाई अध्यक्ष यादवले स्थानीय तहको गठनबन्धनको अधिकार सम्बन्धित पालिकालाई नै रहेकोले माथीबाट निर्णय लादिएर नजाने बताएका छन् ।
उनले कञ्नरुप नगरपालिकामा हजारौ मानिसले पार्टी प्रवेश गरेको र संगठन धेरै मजबुत भएकाले गठबन्धन आवश्यकताका अधारमा मात्र गर्न सुझाव दिएका छन् ।







डिसी नेपाल








Facebook Comment