ललितपुर महानगर मेयरकाे उम्मेदवारका लागि कांग्रेसले सिफारिस गर्याे सात जनाकाे नाम
ललितपुर। नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरकाे उम्मेदवारका लागि सात जनाको नाम सिफारिस गरेको छ।
कांग्रेस ललितपुर महानगर कार्यसमितिले सभापति शुभानन धाख्वा, महाधिवेशन प्रतिनिधि भरतलाल न्याछ्ओ र प्रेमकृष्ण महर्जन, अहिलेका मेयर चिरीबाबु महर्जन, अहिलेको उपमेयर गीता सत्याल, महानगरका पूर्वसभापति राजेश महर्जन र महाधिवेशन प्रतिनिधि अनन्तप्रकाश श्रेष्ठको नाम सिफारिस गरेको हो। कांग्रेस ललितपुर महानगर कार्यसमितिले नाम सिफारिस गरेकाे हाे।
महानगरमा मेयरकाे उम्मेदवारकाे टुंगाे कांग्रेस केन्द्रीय कार्यसमितिले लगाउनेछ । कांग्रेसले स्थानीय तहकाे निर्वाचनका लागि उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन गरिसकेकाे छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment