सानेपामा कांग्रेसको स्थानीय निर्वाचन परिचालन समितिको बैठक जारी
काठमाडौं। नेपाली कांग्रेसको स्थानीय निर्वाचन परिचालन समितिको बैठक पार्टी मुख्यालय सानेपामा जारी छ।उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको समितिमा रहेका सदस्यहरूले आगामी स्थानीय निर्वाचनमा कसरी प्रस्तुत हुनेबारे आफ्ना धारणा राख्ने क्रम जारी छ।
समितिमा कांग्रेसका अर्का उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित आठ सहमहामन्त्री र ३९ केन्द्रीय सदस्य रहेका छन्। समिति ५६ सदस्यीय रहेको छ । आजको बैठकमा जिल्लामा स्थानीय तह निर्वाचन परिचालन समिति गठन गर्नेबारे छलफल भइरहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment