दुईवटा मोटरसाइकल जुध्दा युवकको मृत्यु

डिसी नेपाल
५ वैशाख २०७९ ९:१७
152
Shares

रौतहट। राैतहटमा माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ। देवाहीगोनाही नगरपालिका-४ ईमलियाटोल र पटेलचौकबीच सडकमा दुईवटा मोटरसाइकल एकआपसमा जुध्दा एक युवकको मृत्यु भएको हाे।

बिआर ०५ एच १६८६ नम्बरको मोटरसाइकल र बिआर ३९एफ ५००३ नम्बरको मोटरसाइकल गएराति १० बजे दुर्घटनामा परेको थियो। उक्त दुर्घटनमा पर्दा बारा आदर्शकोतवाल गाउँपालिका-४ का २२ वर्षीय कमोद यादवको ज्यान गएकाे इलाका प्रहरी कार्यालय देवाहिगोनाहिका प्रहरी निरीक्षक राजन लम्सालले बताए।

दुर्घटनामा गम्भीर घाइते भई अचेत भएका यादवलाई उपचारका लागि अस्पताल लगिएकाे थियाे । तर, चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक लम्सालले बताए।

दुर्घटनामा भारतकाे बिहारका विकास यादव घाइते भएका छन्। सामान्य घाइते भएका यादवलाई प्रहरीले नियन्त्रणमा लिएर साेधपुछ थालेकाे छ । यादव मोटरसाइकलमा सवार थिए। उनी सवार माेटरसाइकलका चालक फरार छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.