माछा मार्न बनाएको बम पड्किँदा ५ जना घाइते

डिसी नेपाल
५ वैशाख २०७९ १२:१७
92
Shares

दाङ। माछा मार्न बनाएको बम पड्किँदा लमही नगरपालिका–८ असानि बस्ने २७ वर्षीय आनन्द भण्डारी लगायत ५ जना घाइते भएका छन् ।घटना आइतबार बेलुकी भएको प्रहरीले जनाएको छ ।लमही नगरपालिका–८ असानिस्थित राप्ती नदीमा माछा मार्न जाँदा माछामार्न बनाएको बम हातमा नै पड्किएको थियो ।

बम पड्कँदा घाइते भएपछि उपचारको लागि उनीहरुलाई लमही दाङतर्फ पठाएको थियो । उपचार पश्चात १ जना डिश्चार्ज भएका छन् भने अन्य घाइतेहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.