बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ५१ वर्षीय पुरुष पक्राउ

डिसी नेपाल
५ वैशाख २०७९ १३:०८
68
Shares

धनगढी। १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कैलालीको धनगढीबाट ५१ वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका-४ बस्ने बालिकालाई ३० चैतमा ५१ वर्षीय पुरुषले यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो । सोही आरोपकाे आधारमा सोमबार ती पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

पक्राउ परेका पुरुषमाथि थप अनुसन्धान गर्न अदालतबाट म्याद थप गरिएको प्रवक्ता जोशीले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.