शिक्षा सुधारबारे शिक्षामन्त्री र एडीबीका उपाध्यक्षबीच भेटवार्ता
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र एसियाली विकास बैंक (एडीबी)का उपाध्यक्ष सिचिन छिनबीच नेपालको शैक्षिक सुधारका विषयमा आज भेटवार्ता भएको छ।
भेटमा शिक्षामन्त्री पौडेलले नेपालका शिक्षा क्षेत्र सुधारका विभिन्न प्रस्ताव राखेको मन्त्रीको सचिवालयले जनाएको छ। मन्त्री पौडेलले तीन वर्षमा सबै विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्ने, शिक्षक दरबन्दी पूरा गर्ने, क्याम्पसहरूको पुनर्निर्माण गर्ने, शिक्षकहरूलाई तालिमको व्यवस्थापन गर्ने, प्राविधिक शिक्षा विस्तार गर्ने र शिक्षण संस्थामा आईसीटी ल्याबहरू पुर्याउनेलगायत प्रस्ताव गरे। मन्त्री पौडेलको प्रस्तावमा उपाध्यक्ष छिनले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
उनले शिक्षा क्षेत्रमा एडीबीका निरन्तर सहयोग रहेकोसमेत स्मरण गराउँदै आगामी दिनमा विद्यालय क्षेत्र विकास कार्यक्रम, प्राविधि तथा व्यावसायिक शिक्षा र तालिम र उच्च शिक्षा क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
No ads found for this position

डिसी नेपाल
Facebook Comment