गण्डकीका अर्थमन्त्रीको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

डिसी नेपाल
७ वैशाख २०७९ ११:२२
64
Shares

पोखरा। गण्डकीका अर्थमन्त्री रामजी बरालको गाडीले ठक्कर दिँदा पोखरामा एक जनाको मृत्यु भएको छ। अर्थमन्त्री बराल चढ्ने ग १ झ ४४५ नम्बरको गाडीले नयाँ वर्षको दिन ठक्कर दिँदा घाइते भएका तनहुँ एक्लेखेतका मीनबहादुर पाइजाको मृत्यु भएको हो।

पोखरा महानगरपालिका-३२ खुदीमा दुर्घटना भएको थियो। गम्भीर घाइते उनको मनिपाल अस्पतालमा उपचार भैरहेकोमा उपचारकै क्रममा मृत्यु भएको हो।

ग १६ प ५१८१ नम्बरको मोटरसाइकलमा सवार मीनबहादुर र उनको श्रीमती घाइते भएका थिए । उनकी श्रीमतिको भने अवस्था सामान्य छ । गाडी तीब्र गतिमा भएकाले दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.