आज पनि यी प्रदेशमा वर्षाकाे सम्भावना
काठमाडाैं। नेपालमा न्युन चापीय रेखासँगै स्थानीय वायुको प्रभाव रहेको छ। बिहान सुदूरपश्चिम, लुम्बिनी तथा देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ। दिउँसो पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
राति गण्डकी, बागमती तथा प्रदेश १ का थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा क्षणिक वर्षाको सम्भावना छ। शुक्रबार गण्डकी, बाग्मती तथा प्रदेश १ का केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा क्षणिक वर्षाको आँकलन गरिएकाे छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment