उदयपुरमा आगलागीबाट दुई घर जलेर नष्ट
फाइल फाेटाे।
उदयपुर। ताप्ली गाउँपालिका–१ पिपलभञ्ज्याङमा चट्याङ पर्दा आगलागीबाट दुई घर जलेर नष्ट भएको छ । मंगलबार साँझ चट्याङ पर्दा स्थानीय टङ्क हमाल र सन्तोषी हमालको घरमा आगलागी भएको हो ।
टङ्कको घरमा आगलागी हुँदा छिमेकी सन्तोषीको घरमा पनि हावाहुरीका कारण आगो सल्किएको थियो । दुवै घरको अन्नपात, लत्ताकपडा, भाँडाकुँडासहितको सामग्री जलेर नष्ट भएको ताप्ली–१ का दिलबहादुर राईले जानकारी दिए।
प्रहरी चौकी रुपाटारको टोली घटनास्थलमा पुगेको छ। क्षतिको विवरण सङ्कलन भइरहेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए। – रासस
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment