स्थानीय तह चुनाव : काठमाडौंबाट एकै दिन बाहिरिए ५० हजार यात्रु

डिसी नेपाल
२७ वैशाख २०७९ १३:५२
224
Shares

काठमाडौं। शुक्रबार हुने स्थानीय निर्वाचनका लागि काठमाडौं उपत्यकाबाट मानिसहरु हजारौंको संख्यामा गाउँघर जान थालेका छन्। स्थानीय निर्वाचन आउन तीन दिन मात्र बाँकी रहेकाले काठमाण्डौ उपत्यकामा बाहिरको जनसंख्या दिन प्रतिदिन घट्दै गएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सोमबार मात्र ५० हजार ९ सय ३० यात्रुहरु उपत्यका बाहिर निस्केका छन् भने ८ हजार ७ सय ८९ सवारी साधन बाहिर निस्केका छन्।र यो संख्या अझै बढ्ने महाशाखाले जनाएको छ।

स्थानीय निर्वाचनका लागि देश विदेशमा छरिएर रहेका नेपालीहरु आफ्नो गाउँ जान थालेका हुन्। मंगलबार राती १२ बजेपछि निर्वाचनको मौन अवधी सुरु हुनेछ। निर्वाचनको मिति नजिकिएसँगै बुधवारबाट देशभरका शैक्षिक संस्था बिदा हुने जनाइएको छ।

अन्य सरकारी कार्यालयहरुको हकमा सरकारले ३० गते सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ। स्कुल विदा भएपछि काठमाडौंबाट भोल दिन बाहिरिनेको संख्या बढ्न सक्ने ट्राफिक प्रहरीले अनुमान गरेको छ। दैनिक हजारौंको संख्यामा राजधानीबाट बाहिरिएपछि राजधानीको चापसमेत हटेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.