मनहरीमा एमाले कार्यकर्ताद्वारा कांग्रेस वडा सचिवमाथि आक्रमण

डिसी नेपाल
२७ वैशाख २०७९ १६:०३
28
Shares

हेटौंडा।मकवानपुरको मनहरी गाउँपालिकामा नेकपा एमाले कार्यकर्ताहरूले कांग्रेसका वडा सचिवमाथि आक्रमण गरेका छन् । स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा नेकपा एमालेका कार्यकर्ताले नेपाली कांग्रेस मनहरी गाउँपालिका-९ नम्बर वडा सचिवमाथि आक्रमण गरेका हुन् ।

सोमबार राति करिब साढे ११ बजेतिर एमालेका कार्यकर्ताहरूले कांग्रेस ९ नम्बर वडा सचिव शिवराज गिरीलाई अपशब्द प्रयोग गर्दै कुटपिट गरेको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । गिरीले कांग्रेसका नेताहरूको उपस्थितिमा घटनाको विषयमा इलाका प्रहरी कार्यालय मनहरीमा उजुरी दर्ता समेत गराएका छन् ।

कृष्ण उप्रेती, नवीन उप्रेती, ठाकुर अधिकारीलगायतले आक्रमण गरेर भागेको गिरीले बताए । आक्रमणबाट आफूलाई कानमा चोट लागेको उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.