स्थानीय तह निर्वाचनले देशको आगामी दिशा तय गर्छः केपी ओली

डिसी नेपाल
२७ वैशाख २०७९ १७:४९
72
Shares

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनले देशको आगामी दिशा तय गर्ने बताएका छन् ।

काठमाडौंमा मंगलबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनले देशको आगामी दिशा तय गर्ने बताएका हुन् ।

‘स्थानीय तह निर्वाचनले सरकार बनाउँदैन, प्रदेश सरकार बनाउँदैन,’ उनले भने, ‘तर, देशको आगामी दिशा तय भने गर्छ ।’

एमालेको जित सुनिश्चित भइसकेको दाबी गरेका ओलीले निर्वाचनको तयारी सकिएको र अब नतिजाको पर्खाइमा रहेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.