विराटनगर महानगरकी उपप्रमुख उम्मेदवार कार्कीविरुद्धको रिट सर्वोच्चको ‘हेर्न नमिल्ने’सूचीमा
काठमाडौं । विराटनगर महानगरपालिकामा एमालेबाट उपमेयरमा दिएकी शिल्पा कार्कीविरुद्धको रिट ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । कार्कीले कोशी अस्पताल विकास समितिको सदस्य पदबाट राजीनामा नदिएर उम्मेदवारी दिएको भन्दै उपमेयरमा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका जसपाका अमरेन्द्र यादवले रिट दायर गरेका थिए ।
न्यायाधीशद्धय प्रकाशमान सिह राउत र नहकुल सुवेदीको संयुक्त इजलासमा पेशी तोकिए पनि हेर्न नमिल्ने जनाइएको छ । कार्कीले कोशी अस्पताल विकास समितिको सदस्य पदबाट राजीनामा नदिएरै उम्मेदवारी दर्ता गराएको यादवको जिकिर छ।
कार्कीले बैशाख ९ गते कोशी अस्पताल विकास समितिका अध्यक्ष मार्फत स्वास्थ्य मन्त्रालयमा राजीनामा बुझाएको पत्रमा देखिएको छ ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment