गाेरखामा माओवादी कार्यकर्ता कुटिए

डिसी नेपाल
२९ वैशाख २०७९ ८:४६
104
Shares

गाेरखा। स्थानीय तहकाे निर्वाचनकाे माैन अवधिका बेला गाेरखामा नेकपा (माओवादी केन्द्र)का कार्यकर्तामाथि कुटपिट भएकाे छ। अजिरकोट गाउँपालिका-१, घ्याच्चोकमा बुधबार राति माओवादीका कार्यकर्ता विष्णु भुजेल र बेलबहादुर गुरुङमाथि कुटपिट भएकाे हाे।

उनीहरूको जौवारी स्वास्थ चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि गोरखा अस्पताल, गमेरखा लगिएको प्रहरीले जनाएको छ। कांग्रेसका वडाअध्यक्षका उम्मेदवार ओमबहादुर गुरूङ नेतृत्वको टोलीले उनीहरुमाथि आक्रमण गरेकाे दाबी माओवादीले गरेकाे छ।

माओवादी वडाध्यक्ष मनोज गुरुङका अनुसार बुधबार साँझ खाना खाने तयारी भइरहेका बेला एक्कासी ढुंगा, चिरपट लगायत प्रयोग गरेर आक्रमण भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.