बेलवासेलाई ५० हजार राशिको ‘नइ देरुनीख गौरव पुरस्कार’
काठमाडौं। नइ प्रकाशनले साहित्यकार एवं पत्रकार ठाकुर बेलवासेलाई ५० हजार राशिको ‘नइ देरुनीख गौरव पुरस्कार’ प्रदान गर्ने भएको छ। २०४९ साल देखि साहित्य साधनामा लागेका बेलवासे रेडियो र टेलिभिजन पत्रकारितामा समेत लोकप्रिय मानिन्छन्।
नेपाली कविता सहित्यमा स्थापित कवि बेलवासेका ४ वटा कविता कृति प्रकाशित छ्न्। उनले राष्ट्रिय कविता महोत्सव २०५८ मा तृतीय र २०६९ मा प्रथम स्थान हासिल गरेका छ्न्। यस्तै बेलवासेको कविता कृति ‘त्रासमा ईश्वर’ले २०६९ सालको साझा पुरस्कार प्राप्त गरेको छ।
बेलवासेले मोती पुरस्कार,स-सिद्दि राष्ट्रिय प्रतिभा पुरस्कार,भोग्यप्रसाद शाह राष्ट्रिय पत्रकारिता पुरस्कर, लुनकरणदास-गांगादेवी चौधरी प्रतिभा पुरस्कर लगायत दर्जन बढी पुरस्कार एवं सम्मान प्राप्त गरेका छन्। बेलवासेले हालै नेपाल सरकार सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले प्रदान गर्ने ‘राष्ट्रिय पत्रकारिता पुरस्कर ‘२०७८’समेत प्राप्त गरेका छन्।
यस्तै प्रकाशनले सुनगाभा विशेषज्ञ प्रा.डा.पन्तलाई ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ र साहित्यकार लिगललाई ‘नइ रेखा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको सदस्यसचिव नरेन्द्रराज प्रसाईद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। यी दुवै पुरस्कारका राशि ताम्रपत्रसहित जनही साठी हजार रुपियाँ रहेका छन्।
त्यसैगरी प्रकाशनले बेलवासेलाई ‘नइ देरुनीख गौरव पुरस्कार’, काठमाडौँ उपत्यका बाहिर रहेर नेपाली भाषासाहित्यमा क्रियाशील कञ्चनपुरका जोशीलाई ‘नइ बुलु शर्मा पुरस्कार’र तेस्रोलङ्गी शाहलाई ‘नइ रामलक्ष्मी पुरस्कार’प्रदान गर्ने भएको छ। यी तीनै पुरस्कारका राशि ताम्रपत्रसहित जनही पचास हजार रुपियाँ रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
साथै प्रकाशनले मिस नेवा सुश्री महर्जनलाई ताम्रपत्रसहित पच्चीस हजार रुपियाँ राशिको ‘नइ देरुनीख पौरख पुरस्कार’ प्रदान गर्ने भएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment