कुम्भायकको गरिवी र परनिर्भरता कम गर्छु : अध्यक्ष लावती – Dcnepal

कुम्भायकको गरिवी र परनिर्भरता कम गर्छु : अध्यक्ष लावती

२०४२ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा सकृय रहेका बमप्रसाद लावती पाँचथरको दुर्गममा कांग्रेसको सत्याग्रह आन्दोलनमा सहभागी भए। प्रजातन्त्र पुरवहालीका निम्ति सर्वोच नेता गणेशमान सिंहको नेतृत्वमा रहेको आन्दोलनमा पाँचथर, ताप्लेजुङ, इलाम र झापामा सकृयता देखाए। २०४७ सालदेखि नेपाल शिक्षक संघमा आवद्ध रहेर २०५३ सम्म काम गरे।

२०५३ मा राजगारीका लागि दक्षिण कोरिया गए। त्यहाँ कांगे्रस आवद्ध संस्था जन सम्पर्क समिति स्थापक बिदेश बिभाग प्रमुख भएर काम गरे। २०६७ मा देश फर्किएका लावती २ वर्ष कांग्रेसको आदिवासी जनजाती बिभाग केन्द्रीय सदस्य बने। अनि उनी पाँचथर ‘ख’ को कांग्रेस क्षेत्रीय सभापति बने, ५ वर्ष। हाल २०७८ बाट नेपाली कांग्रेस केन्द्रीय महादिवेशन प्रतिनिधि।

४ दशकसम्म नेपाल कम्युनिष्ट पार्टी एमालेको एकछत्र राज रहेको कुम्भायकमा उनले पालिका प्रमुख जिते। उनी लावतीसित डिसी नेपालका लागि सुरेन्द्र सुवेदीले गरेको कुराकानीको संपादित अंश।

 भरखर सम्पन्न निर्वाचनमा निर्वाचित भएपछि कुम्मायकलाई कसरी अघि लैजाने योजना छ?

कुम्मायक गाउँपालिकालाई दिगो बिकाश र समृद्धिको लागि बिभिन्न सुत्रहरु अपनाइएको छ। जस्तै सडक सञ्जाल १ नम्बर वडाबाट ५ नम्बर वडासम्म जम्मा २ सय ६ किलोमिटर खनिएको छ। यसलाई गुरु योजना बनाएर बर्गीकरण गर्ने योजना अगाडि बढाइएको छु।

बर्गीकरणमा, यासोक-सरखण्डे, यासोक-उत्तरे,यासोक-साखासेरा, यासोक-लुम्बुघाटलाई (क) वर्गमा राखिएको छ। जुन सडकहरु छिट्टो भन्दा छिट्टो कालोपत्रे भए पछि सो सडकहरुलाई मानव ब्यावस्थापन र हरित सडक र उज्यालो सडकमा रुपान्त्रण गर्ने योजना रहेको छ।

वडाहरुको सेवा केन्द्र सम्म पुग्ने सडकहरुलाई अलवेदर सँगै पक्कि सडकमा अगाडि बढाउने योजना छ। कृषिरोडहरुलाई स्तरबृद्धि गरि अल वेदर बनाउने योजना छ। गाउँ वस्तिमा जाने सडकहरुलाई कृषि पशु उत्पादनलाई मध्यनजर गरेर स्तर बृद्धि गर्ने योजना छ।

किसान परिचयपत्र बितरण गर्ने योजना पनि छ। कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारबाट निस्किने फोहोरलाई मोहोरको रुपमा रुपान्तत्रण पनि गरिने छ।

कुम्मायक गाउँपालिकाबाट दिईने सेवालाई चुस्त, दुरुस्त बनाउने छु र आमनागरिकलाई सेवा प्रद्धत पालिका स्वमुल्याङकनलाई ध्यान दिएर अगाडि बढ्ने योजना छ।

कृषि क्षेत्रलाई भगोल एवाईल म्यापिङ गरेर हावापानी, सिचाईं, अल्टिच्युट अनसार जनसंख्या हेरेर कृषकलाई दीर्घकालीन आत्मा निर्भरताको निम्ति उत्पादनलाई जोड र निर्यातलाई न्यनिकरण गर्ने योजना छ। पकेट क्षेत्र बनाउने पनि योजना छ ।

कुम्मायक गाउँपालिका भित्र रहेका विपन्न, असहाय, स्वास्थय उपचारमा पहच नपगेकाहरुको लागि जम्मा ५ सय जनालाई स्वास्थ्य बिमा अगाडी सारिएको छ।

सामदायिक बिद्यालयहरुमा शैक्षिक गुणस्तरीयताको निम्ति विज्ञ सहितको अनुगमन, ब्याबस्थापन, मूल्याङकन प्रोत्साहन, शिक्षक नियमन सहितको कार्यक्रमसहित विपन्न, सिमान्तकृत विधार्थीलाई आवशीय व्यावस्था सहित अगाडि बड्ने योजना पनि छ ।

 कुम्मायक पालिकाका मुख्य समस्या के हुन् ?

कुम्मायक गाउँपालिका भूगोलको हिसावले दुर्गम क्षेत्र हो। दुर्गम क्षेत्रहरुलाई सुगम बनाउन राज्यको आर्थिकभार छ भने सुख्खा क्षेत्र रहेको र खाद्यन्नमा ८० प्रतिशत पर निर्भर रहेको हुदाँ एउटा समस्या गरिवनै हो भने सख्खा क्षेत्र नै प्रमुख समस्या छन्। साथै कृषि उपज बस्तुहरुको बजारीकरण नहुन हो।

 यी समस्या समाधान गर्न के छ तपाईको दीगो योजना ?

निति तथा कार्यक्रमबाट भएका जति पनि बजेटहरु छन , यसलाई बितिय अनुसाशन कायम गर्दै आत्मनिर्भरलाई प्राथमिता दिने , परनिर्भरलाई न्युनिकरण गर्ने योजना छ । एक पाखे योजना, दोहोरो बजेट,दोहन,भोको दिमागमा जेलिएका कार्यक्रम, भुस्यायारलाई शुन्य सहनशिलता कायम गर्दे पालिकाको समग्र जन प्रमे र जन उतरादायित्वका साथ अगाडि बढ्ने छु ।

लदयलाई केन्द्रीकृत गरेर जाँदा अगाडी देखिएका चुनौतीहरु केहि न्युनिकरण हुन्छ, तर सबै समस्या समाधान हुने भन्ने कुरा मापन गर्न सकिन्दैन । यो राज्य संग गासिएका कतिपय पक्षहरु छन्।

 खानेपानीको समस्या दीगो रुपमा समाधान गर्न के गर्ने ?

विद्युत आपुर्तिमा समस्या साथै तमोर लिफ्टिङ व्यवस्थापििकय पक्ष कम्जोर रहेकोले त्यो पक्षलाई सुधारेर हाउस कनेक्सनलाई सिस्टममा लानु पर्ने आवश्यकता देखिन्छ , डिप बोरिङ्गलाई सोलार बाट संचालनमा ल्याउने हो।

उक्त सोलार पम्पिङबाट डिप बोरिङ्ग संञ्चालनमा आए खानेपानीको समस्या समाधान हुन्छ । साथै यो तमोर लिफ्टिङ रपिव बोरिङ्गमात्र दिर्घकालिन खानेपानीको रुपमा सम्भव देखिदैन । बैकल्पिक रुपमा केवल लिफ्ट सिस्टममा गए राम्राे हो कि भन्ने सोच रहेको छ ।

र पुरानो खानेपानी देउरालीबाट संचालनमा आएको स्रोतलाई व्यवसथित गर्दे , लाने र संचालनमा रहेका साना साना खानेपानीलाई मर्मत तथा व्यवस्थि तगर्दे प्लास्टिक पोखरीहरुलाई व्यापक रुपमा विस्तार गर्दै गयो भने खानेपानीको समस्या समाधान हुन्छ ।

वर्षा सुरु भयो, बाढी पहिरोजस्ता बिपत्ति कम गर्न र नागरिकको जीउ ज्यान जोगाउन कस्तो योजना छ ?

विपत व्यावस्थापनको बिषयमा कुम्मायकका केहि ठाउँहरु पहिरोको उच्च जोखिममा छन । गत साल पनि कुम्मायकमा पहिरोका कारण नागरिकले ज्यान गुमाउनु परेको थियो। धेरै नागरिकहरु विस्थापित भएका थिए । तर यस पटक भने कुम्मायकका केही ठाउँहरु बाढी पहिरोको उच्च जोखिममा राखिएको छ ।

ती ठाउँहरुमा आवश्यक सर्तरकता अपनाउन अनरोध गरिएको छ । नागरिकहरुको विपत र कठिनाईलाई हामीले प्रशासन, स्वास्थ्यकर्मीबाट हामी नागरिक संँगै रहने छौ। साथै सूचनामार्फत नागरिकहरुलाई सचित गर्दे जाने छौँ ।

अब ग्रामीण सडकहरु बन्द हुन्छन् अनि महंगी बढ्छ, नियन्त्रण गर्न के गर्ने ?

बर्खाको समयमा ग्रामीण सडक बन्द हन्छन तर पनि अहिले हामी सँग एउटा जे.सी.वी छ, खडक बन्द भए जे.सी.वीको प्रयोग गर्ने छाैं। मंहगीको बिषयमा स्थानीय सरकारले बजार क्षेत्रमा अनगमनको काम गर्ने छ । व्यावसायी ,व्यापारीहरुले सर्वसाधरणलाई ठगेको पाईएमा ऐन, कानन अनसार कारवाहिको दाएरा ल्याउने छाैं।

बिपक्षी एमालेसित कसरी समन्वय गरेर विकासका कृयाकलापमा सहभागी गराउनु हुन्छ ?

स्थानीय सरकार संचालन ऐन २०७४ र नेपालको संबिधान २०७२ ले स्थानीय सरकार पक्ष र बिपक्ष भनेर परिकल्पना गरेको छैन । स्थानीय सरकारलाई अल्पमत र महुमतको कल्पनानै गरिएको छैन। दलगत निर्देशनको ह्विपलाई महत्व दिएको छैन ।

त्यसैले जुन दलबाट निर्वाचित भएर आए पनि दलगत सहभागी भन्ने अर्थ नै लाग्दैन सबै जन प्रतिनिधि आम नागरिकको अभिभावक हुन्। दिगो बिकास र समृद्धिको लागि स्थानिय सरकारको मार्ग जन अपेक्षा र युग सुहाउदो एउटै मात्र बाटो छ । जनताको लक्ष्य, बिकासको लक्ष्य फरक फरक छैन। बिकासको बिन्दु एउटै हो।

‘काम गर्दै जाँदा अहिले नगरे कहिले गर्ने ? हामीले नगरे कस्ले गर्ने ? आफ्नो पालिकामा नगरे कहाँ गर्ने ?’ त्यसैले हामी हारको लक्षणहरु समस्या नै देख्दैनौँ । चालेको पाइलामा जितको सम्भावनाहरु देख्छाैं। त्यस भित्र अनेकौँ खुसीहरुको सार्मथ्य छ भन्नेमा विश्वास लिनै पर्छ।

तपाईंले निर्वाचनअघि जनतासित गरेका प्रतिवद्धताहरु पूरा हुन्छन् भन्ने आधार केके हुन् ?

निर्वाचित भईसकेपछि गरेका कामहरुको प्रगती देखिने समय भएको छैन । तर पनि निर्वाचित भईसके पछि हामीले धेरै कामको सरुवात गरिसकेका छौँ । निर्वाचन ताका समयमा मईले गरेका प्रतिवद्धता अनौठो र कन्जरभेटिभ र ट्रेडिसनल छैनन्।

यो भगोलले सहाउदो जनताको चाहानालाई मर्मस्पर्सी ढंगले अध्यन गरेर मात्र घोषण पत्रमा राखिएको छ। कृषक किसान, मजदर, शिक्षक , बिद्यार्थी , जेष्ठ नागरिक, महिला, दलित, बिपन्न, परिवार मजदर लक्षित बर्गको उन्नती प्रगतीलाई कम्मायकको समृद्धिलाई परिकल्पना गरिएको बदाहरुबाट ब्याबहारमा उर्ताने भनेपछि कतिपय प्रतिबद्धताहरु परा नहने अवस्था नरहलानै भन्ने लाग्छ। र अन्त्यमा बोलेर भन्दा पनि काम गरेर निर्वाचनअघि जनतासामु गरेका प्रतिबद्धता पूरा गर्ने छु ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो