योगी नरहरिनाथको अर्ध कदको प्रतिमा मृगस्थलीमा
काठमाडौं । पशुपति क्षेत्रस्थित मृगस्थलीमा योगी नरहरिनाथ अर्धकदको प्रतिमा (मूर्ति) तयार भएको छ । प्रतिमालाई प्राण प्रतिष्ठा गर्न पाँच दिने अनुष्ठान आजदेखि मृगस्थलीमा सुरु भएको छ । सालिक योगी नरहरिनाथ आध्यात्मिक परिषद्ले तयार पारेको हो । तयार पारिएको सालिक प्राण प्रतिष्ठा पनि परिषद्कै सक्रियतामा सुरु भएको छ ।
मूर्ति प्राण प्रतिष्ठा अनुष्ठानको आज पूर्वाङ्गसहित जलावास गरिएको छ । पाँच दिने अनुष्ठानका क्रममा वस्त्रावास, फलावास, अन्नावास, फूलावास, द्रव्यावास पनि सुरु गरिएको परिषद्का सचिव डा टीकाराम ज्ञवालीले राससलाई जानकारी दिनुभयो । अनुष्ठानअन्तर्गत आजैदेखि हवनसमेत सुरु गरिएको छ । अनुष्ठानका क्रममा लक्षहोम गरिने छ । सबै विधि पूरा गरी असार २५ गते शमीको शुभ साइतमा प्रतिमामा प्राण प्रतिष्ठा गरिने छ ।







डिसी नेपाल








Facebook Comment