जोनसनलाई एकपछि अर्को झट्का, थप दुई मन्त्रीले दिए राजीनामा

डिसी नेपाल
२२ असार २०७९ १४:४०
140
Shares

लन्डन। बेलायतमा थप दुई मन्त्रीले राजीनामा दिएका छन्। बालबालिका र परिवारमन्त्री विल क्विन्स र कनिष्ठ यातायातमन्त्री लौरा ट्रटले बुधबार राजीनामा दिएका हुन्।

क्विन्सले राजीनामा दिनुको ‘विकल्प नभएको’ बताएका छन् भने ट्रटले सरकारमा ‘विश्वास’ गुमेको कारण राजीनामा दिएको बताइन्। यसअघि अर्थमन्त्री र शिक्षामन्त्रीले राजीनमा दिएका थिए।

प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर मन्त्रीहरूले धमाधम राजीनामा दिएका हुन्। एकपछि अर्को मन्त्रीको राजीनामापछि प्रधानमन्त्री बोरिस जोनसन थप दबाबमा परेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *