जोनसनलाई एकपछि अर्को झट्का, थप दुई मन्त्रीले दिए राजीनामा

डिसी नेपाल
२२ असार २०७९ १४:४०

लन्डन। बेलायतमा थप दुई मन्त्रीले राजीनामा दिएका छन्। बालबालिका र परिवारमन्त्री विल क्विन्स र कनिष्ठ यातायातमन्त्री लौरा ट्रटले बुधबार राजीनामा दिएका हुन्।

क्विन्सले राजीनामा दिनुको ‘विकल्प नभएको’ बताएका छन् भने ट्रटले सरकारमा ‘विश्वास’ गुमेको कारण राजीनामा दिएको बताइन्। यसअघि अर्थमन्त्री र शिक्षामन्त्रीले राजीनमा दिएका थिए।

प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर मन्त्रीहरूले धमाधम राजीनामा दिएका हुन्। एकपछि अर्को मन्त्रीको राजीनामापछि प्रधानमन्त्री बोरिस जोनसन थप दबाबमा परेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *