पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले भोलि बिहे गर्दै

डिसी नेपाल
२२ असार २०७९ १५:५९

काठमाडौं । पञ्जाबका मुख्यमन्त्री भगवन्त मान विवाह बन्धनमा बाँधिने भएका छन् । उनको विवाह बिहीबार चण्डीगढमा हुनेछ । भगवन्त मानले डा. गुरप्रीत कौरसँग विवाह गर्न लागेका छन् । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पनि भगवन्त मानको विवाहमा सहभागी हुनेछन् ।

भगवन्त मान ४८ वर्षका छन् । उनले दोस्रो पटक विवाह गर्न लागेका हुन् । भगवन्त मानको पहिलो पत्नी इन्दरप्रीत कौरसँग सम्बन्ध विच्छेद भएको छ । उनका दुई सन्तान छन्, जो भगवन्त मानकी पहिलो श्रीमतीसँग अमेरिकामा बस्छन्। भगवन्त मानको विवाह चण्डीगढमा हुने बताइएको छ । यसमा अरविन्द केजरीवाललगायत धेरै विशेष व्यक्तिहरू मात्र संलग्न हुनेछन्।

कमेडियनबाट राजनीतिज्ञ बनेका भगवन्त मान सन् २०१४ मा पहिलो पटक संगरुरबाट सांसद बनेका थिए। त्यसपछि उनकी श्रीमती इन्दरजीत कौर पनि उनको प्रमोशनमा देखा परिन् । तर, सन् २०१५ मा दुवैको सम्बन्धविच्छेद भयो । भगवन्त मानले सन् पनि २०१९ मा संगरुरबाट चुनाव जितेका थिए । तर २०२२ मा उनी पञ्जाबमा आपबाट सीएम उम्मेदवार बने। उनको नेतृत्वमा पार्टीले प्रचण्ड बहुमत प्राप्त गर्यो । भगवन्त मानले १६ मार्च २०२२ मा पञ्जाबको मुख्यमन्त्रीको सपथ लिएका थिए।

भगवन्त मानले राजनीतिकै कारण परिवारलाई समय दिन नसकेको बताएका थिए । त्यसैले उनी आफ्नी श्रीमतीबाट टाढिए । यति मात्र होइन, सम्बन्धविच्छेदपछि उनले सामाजिक सञ्जालमा एक पोस्ट पनि लेखेका छन् । यसमा उनले आफ्नो परिवारभन्दा पञ्जाब रोजेको बताएका थिए । उनी राजनीतिका लागि श्रीमतीसँग अलग्गिएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *