रुसी इन्धन किन्न श्रीलंकाका राष्ट्रपतिले मागे पुटिनसँग सहयोग

डिसी नेपाल
२३ असार २०७९ ११:०६

कोलम्बो। श्रीलंकाले इन्धन आयातका लागि सहयोग गर्न रुससँग अनुरोध गरेको छ। विदेशी सञ्चितिको अभावमा इन्धनको कमी झेलिरहेका बेला श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले इन्धन आयातका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सहयोग मागेका हुन्।

श्रीलंका सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछिको सबैभन्दा नराम्रो आर्थिक संकटको सामना गरिरहेको छ। पुटिनसँग ‘धेरै फलदायी’ छलफल भएको राष्ट्रपतिले बताएका छन्।

दुई दिनअघि मात्र श्रीलंकाका उर्जामन्त्रीले देशमा तेल सिद्धिएको बताएका थिए। तेल नहुँदा विद्यालय ठप्प छन्। यसैबीच बुधबार सरकारको विरोध गर्दै सयौँ मानिस सडक प्रदर्शनमा उत्रिएका छन्। ‘मैले इन्धन आयात गर्न ऋण सहयोगको प्रस्ताव अनुरोध गरेको छु’, राजापाक्षेले रुसी नेतासँगको कुराकानीको सन्दर्भमा ट्वीट गरेका छन् ।

गत महिना रुसी ध्वजवाहक एरोफ्लोटले सेवा निलम्बन गरेपछि राजापाक्षेले मस्को र कोलम्बो बीचको उडानपुनः सुचारु गर्नका लागि अनुरोध गरेको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *