लालु यादवको अवस्था गम्भीर, उपचारका लागि दिल्ली एम्स लगियो

डिसी नेपाल
२३ असार २०७९ ११:५७

काठमाडौं । बिहारका पूर्वमुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवलाई उपचारका लागि बुधबार राति पटनाबाट दिल्ली ल्याइएको छ जहाँ उनको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचार गरिने भएको छ ।

लालु यादव पटनास्थित आफ्नो निवासको सिँढीबाट खसेका थिए र यस क्रममा उनको दाहिने काँध भाँचिएको थियो । पछि उनलाई पटनाको पारस अस्पतालमा भर्ना गरिएको थियो तर बुधबार एयर एम्बुलेन्सबाट दिल्लीको एम्स अस्पतालमा लगिएको हो। ७५ वर्षीय लालु यादव एकैपटक धेरै रोगसँग लडिरहेका छन् ।

उनको यही महिना सिंगापुरमा मिर्गौला प्रत्यारोपण हुने भएको थियो । लालु यादव मधुमेह र उच्च रक्तचापबाट पनि पीडित छन् । बिहारका मुख्यमन्त्री नितिश कुमारले बुधबार पारस अस्पतालमा लालु यादवलाई भेटेर डाक्टरकहाँ गएका थिए । नितिश कुमारले लालु यादवको उपचार सरकारी खर्चमा हुने बताएका छन् । नितिश कुमारले बुधबार भनेका थिए कि यो उनको अधिकार हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *