‘चुजी’ बने पेंगुइन, सस्तो खानै छाडे
टोकियो। मध्य जापानको कानागावा क्षेत्रमा रहेको हाकोन–एन एक्वैरियमले निकै अनौठो अवस्थाको सामना गरिरहेको छ। पेंगुइन खानामा निकै ‘चुजी’ बनेको एक्वैरियमका अधिकारीहरूले गुनासो गर्न थालेका छन्। मुद्रास्फीतिको पछिल्लो प्रभाव यस एक्वैरियममा पनि स्पष्ट देखिएको छ। किनकी पेंगुइन र ओटरहरूले सस्तो खाना छोडेका छन्। उनीहरूले नयाँ बार्गेन बाइट्स मन पराउँदैनन्, जसका कारण उनीहरूका हेरालु दिक्क छन्।
‘उनीहरूले सुरुमा यसलाई आफ्नो मुखमा लगाउँछन्, तर त्यसपछि छोड्छन्’ उनको भनाइ उद्धृत गर्दैै एएफपीले जनाएको छ। पेंगुइन र ओटरले ‘केही कुहेको’ महसुस गरेको उनी बताउँछन्।
एक्वैरियमका अधिकारीले अहिले महंगो म्याक्रेल (पूर्वी एट्लान्टिक र अफ्रिकामा पाइने माछा) बाट छुट्टकारा लिएका छन्। त्यसको सट्टा सस्तो म्याक्रेल पेंगुइनलाई दिन थालेका छन् । तर, मेनुमा देखिएको परिवर्तनले पेंगुइन खुसी छैनन्।
एक्वैरियमले उल्लेख गरेअनुसार केही पेंगुइनहरूले म्याकेरेल राख्दा आफ्नो चुचो घुमाउन थाल्छन्। त्यस्तै एक्वैरियको ओटरले पनि सस्तो माछा खाना छोडेको अधिकारीहरू बताउँछन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment