पंजाबका मुख्यमन्त्री भगवन्त मानले बिहे गरे, अरविन्द केजरीवालले पिता बनेर विवाह गराए

डिसी नेपाल
२३ असार २०७९ १२:३३

काठमाडौं । भारतको पंजाब प्रान्तका मुख्यमन्त्री भगवन्त मान र गुरप्रीत कौरको विवाह अन्ततः सकिएको छ । दिउँसो करिब १२ बजे दुवैको विवाह भयो ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल परिवारसँगै बिहेमा सहभागी हुन आएका थिए । उनले विवाहमा पिताको भूमिकामा गर्नुपर्ने सबै कर्म गरे गरे। बिहेमा सीमित पाहुना बोलाइएको थियो । बिहेको कार्यक्रम मुख्यमन्त्री निवासमा नै राखिएको थियो ।

३२ वर्षीया गुरप्रीत कौर भगवन्त मान (उमेर ४८) भन्दा १६ वर्ष कान्छी छिन् । करिब चार वर्षअघि यी दुईको भेट भएको थियो । भगवन्त मानको यो दोस्रो विवाह हो । उनले सन् २०१५ मा पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद गरेका थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *