‘काली’ लाई चुरोट पिएको देखाउने फिल्म निर्माताले फेरि शिव-पार्वतीलाई पनि चुरोट पिएको देखाइन्

डिसी नेपाल
२३ असार २०७९ १२:४४
164
Shares

काठमाडौं । फिल्म कालीको पोस्टरको विवादका बीच निर्देशक लीना मणिमेकलाईले अर्को ट्वीट गरेकी छिन् । यसले विवाद झन् बढाएको छ । यो तस्बिरमा भगवान शिव र माता पार्वतीको भूमिकामा रहेका कलाकारहरु धुम्रपान गरिरहेको देखाइएको छ ।

तस्बिर ट्विट गर्दै लीना मणिमेकलाई लेखेकी छिन्, ‘कुनै ठाउँमा।’ ट्वीटर प्रयोगकर्ताले उनलाई यस विषयमा आलोचना गरेका छन् । एक जनाले लेखेकी छिन् कि उनी केवल घृणा फैलाउँदैछिन्। अर्काले आफ्नो धर्मको अपमान गर्न बन्द गर्नुपर्ने लेखेका छन् ।

लीना मणिमेकलाइले ट्विट गरेको यो फोटोमा राजनीतिज्ञहरुको बयान पनि आउन थालेको छ । भाजपा नेता शहजाद पूनावालाले यसबारे बयान दिएका छन्। उनले यो रचनात्मक अभिव्यक्तिको विषय नभएर जानाजानी उक्साउने कुरा भएको लेखेका छन् ।

पछिल्लो विवाद अघि लीना मणिमेकलाईको फिल्म कालीको पोस्टरलाई लिएर विवाद भएको थियो । उक्त पोस्टरमा माता कालीलाई चुरोट पिइरहेको देखाइएको छ । विवादपछि ट्विटरले निर्माता-निर्देशक लीना मणिमेकलाईको पोस्ट हटायो।

लीना मणिमेकलाईको डकुमेन्ट्री फिल्म ‘काली’ को पोस्टरमा माता कालीलाई चुरोट पिइरहेको देखाइएको छ । यससँगै उनको एउटा हातमा एलजीबीटी समुदायको रंगीन झण्डा पनि देखिन्थ्यो ।

फिल्म कालीको पोस्टरलाई लिएर चलिरहेको विवादका बीच धेरै राज्यमा एफआईआर दर्ता भएको छ । यस फिल्मको पोस्टरलाई धार्मिक भावनामा चोट पुर्‍याएको भन्दै दिल्ली, यूपी र मुम्बईमा एफआईआर दर्ता गरिएको छ।

लीना मनिमेकलाई मदुरैको दक्षिणमा अवस्थित दुर्गम गाउँ महाराजपुरमकी बासिन्दा हुन्। उनका बुबा कलेजका लेक्चरर थिए। उनी किसान परिवारकी थिइन् र उनको गाउँको चलनअनुसार किशोरावस्थाको केही वर्षपछि मामासँग विवाह गरिन्थ्यो।

जब लीनालाई थाहा भयो कि परिवारका सदस्य उनको विवाहको तयारीमा छन्, उनी चेन्नई भागिन्। त्यसपछि उनले इन्जिनियरिङ गरिन् । उनले आईटी क्षेत्रमा पनि काम गरिन् । धेरै काम गरेपछि उनले चलचित्र निर्माणको क्षेत्रमा लाग्ने निर्णय गरिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *