निधारमा लामखुट्टेले टोकेपछि २१ वर्षकी प्रशिक्षार्थी पाइलटको मृत्यु

डिसी नेपाल
२३ असार २०७९ १५:०९

काठमाडौं । एक प्रशिक्षार्थी इजीजेट पाइलटको निधारमा लामखुट्टेले टोकेपछि मृत्यु भएको छ । उनलाई घातक संक्रमण भएर मृत्यु भएको एक अनुसन्धानमा खुलेको छ । २१ वर्षीया ओरियाना पेपर गत वर्ष जुलाईमा पाइलट प्रशिक्षणको लागि बेल्जियममा थिइन्। त्यहाँ उनको उनको दाहिने आँखिभुइँको माथि लामखुट्टेले टोकेको थियो जुन सुन्निन थाल्यो ।

द सनका अनुसार ओरियानालाई जुलाई ७ मा अस्पताल लगिएको र एन्टिबायोटिक दिएर र घर जान भनिएको थियो । दुई दिन पछि उनी ढलेपछि उनका प्रेमी जेम्स हलले उनलाई फेरि अस्पताल लगेका थिए । उनको तीन दिन पछि जुलाई १२ मा अस्पतालमा मृत्यु भयो।

सफोकका वरिष्ठ कोरोनर निगेल पार्स्लेले भने कि ओरियानाको मृत्यु “निधारमा कीराको टोकाइबाट हुने गम्भीर संक्रमणका कारण” भएको हो। पोस्टमार्टममा २१ वर्षीया युवतीको मस्तिष्कमा संक्रमण फैलिँदा सेप्टिक एम्बोलीका कारण मृत्यु भएको पाइएको थियो।

ओरियानाका आमाबुवा ट्रिस्टन र लुइसालाई सम्बोधन गर्दै पार्स्लेले भने “मैले यस्तो केस पहिले कहिल्यै देखेको थिइन । यो एउटी युवतीको लागि यस्तो दुर्भाग्यपूर्ण त्रासदी हो जसको अगाडि एक अद्भुत क्यारियर र जीवन थियो।’

सोधपुछको क्रममा एक बयानमा, पेपरले भने कि उनकी छोरीले “आफ्नो बुबा र उनको भाइ ओलिभरसंग उडान गर्न जानु भन्दा अरु केही मन पराइनन् । ओलीभर पनि एक प्रशिक्षार्थी कमर्शियल पाइलट हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *