बोरिस जोनसनले प्रधानमन्त्री पद छाड्नुअघि कुनै ठूलो निर्णय नगर्ने वाचा गरे
काठमाडौं । बोरिस जोनसनले आफ्नो मन्त्रिपरिषद्लसँग प्रधानमन्त्रीको रूपमा बाँकी रहेको समयलाई ‘कुनै ठूलो परिवर्तन’का लागि प्रयोग नगर्ने वाचा गरेका छन्।
जोनसनले टोरी पार्टीको नेताको पदबाट राजीनामा दिएका हुनसक्छन्, तर उनको पार्टीले उनको स्थानमा नयाँ नेता चयन नगरेसम्म उनी प्रधानमन्त्री रहनेछन्।
उनका समर्थकको संख्यामा उल्लेख्य कमी आएपछि उनको पार्टीका सांसदहरुले उनलाई पद छाड्न बाध्य पारेका थिए ।
तर भर्खरै बढुवा भएका एक क्याबिनेट मन्त्रीले बोरिस जोनसनले “कार्यवाहक” प्रधानमन्त्रीको रूपमा काम गर्न राजी भएको बताएका छन्।
टोरी पार्टीको नेता पदका लागि हुने निर्वाचनको आधिकारिक समयतालिका अर्को साता घोषणा हुने अपेक्षा गरिएको छ । तर, यो पदका लागि दावेदारहरुले प्रयास सुरु गरिसकेका छन् ।
टोरी पार्टीको नेता चयनको लागि कुनै समयसीमा तोकिएको छैन, तर सेप्टेम्बरसम्ममा नयाँ नेताको निर्वाचन हुने अनुमान गरिएको छ । जे होस्, नयाँ नेता जो भए पनि देशको प्रधानमन्त्री पनि हुनेछन् ।
हालसम्म महान्यायाधिवक्ता सुएला ब्रेभरम्यान र सांसद टम टुगेनधाटले उम्मेदवारी घोषणा गरिसकेका भए पनि आगामी दिनमा थप नाम घोषणा हुन बाँकी छ ।
पूर्व स्वास्थ्य मन्त्री साजिद जाविद र यातायात मन्त्री ग्रान्ट शप्प्सले पनि आफ्नो उम्मेदवारीबारे विचार गरिरहेको बीबीसीले जानकारी दिएको छ । विदेशमन्त्री लिज ट्रस, पूर्व अर्थमन्त्री ऋषि सुनक र पूर्व विदेशमन्त्री जेरेमी हन्ट पनि दौडमा छन् ।







डिसी नेपाल







Facebook Comment