जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई भाषण दिने क्रममा गोली प्रहार
काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई शुक्रबार देशको पश्चिमी भाग नारामा सडक भाषण दिने क्रममा आक्रमण भएको छ ।
प्रहरीले आक्रमणकारीलाई पक्राउ गरेको छ । जापानी सञ्चारमाध्यमका अनुसार आबे घाइते अवस्थामा बेहोस छन् ।
शिन्जो आबेको लिबरल डेमोक्रेटिक पार्टीले शिन्जो आबेलाई पछाडिबाट गोली हानेको बताएको छ ।
सिन्जो आबेलाई घाइते अवस्थामा नारा मेडिकल युनिभर्सिटीमा भर्ना गरिएको छ ।
एनएचकेको रिपोर्ट अनुसार गोली लागेपछि रगत बगेको थियो। गोली लागेपछि हृदयघात भएको पनि चर्चा छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment