आबे आबद्ध संगठनविरुद्ध संदिग्धको गुनासो : जापान प्रहरी

डिसी नेपाल
२५ असार २०७९ ६:४५
1.8k
Shares

टोकियो। जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्याको अनुसन्धान गरिरहेको प्रहरीले संदिग्ध व्यक्तिले आबे आबद्ध ‘विशेष संगठन’विरुद्ध गुनासो गरेको जनाएको छ।

४१ वर्षीय आक्रमणकारी तेत्सुया यामागामीले आबेलाई उक्त समूहको सदस्य भएको विश्वासमा आक्रमण गरेको बताएका छन्। तर, समूहको नाम बताइएको छैन।

शुक्रबार बिहान एक राजनीतिक प्रचार कार्यक्रममा बोल्ने क्रममा आबेमाथि गोली प्रहार भएको थियो।

उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। आफूले घरेलु बन्दुकले गोली हानेको आक्रमणकारीले स्वीकार गरेको प्रहरीले जनाएको छ । आबे जापानको सबैभन्दा लामो समय सेवा गर्ने प्रधानमन्त्री थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *