अमरनाथमा आँधी र वर्षापछि १५ जनाको मृत्यु, ४० बेपत्ता

डिसी नेपाल
२५ असार २०७९ ८:०९
376
Shares

नयाँ दिल्ली। भारत प्रशासित जम्मु कश्मीरको अमरनाथको पवित्र मन्दिर नजिकै आएको आँधी र वर्षाका कारण १५ जनाको मृत्यु भएको छ। वर्षामा ४० भन्दा बढी बेपत्ता भएका छन्।

वर्षापछि अर्को सूचना नभएसम्मका लागि अमरनाथको यात्रा स्थगित गरिएको छ। अहिले उक्त क्षेत्रमा उद्धार कार्य तीब्र पारिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

स्थानीय समयअनुसार शुक्रबार साढे पाँच बजे अकस्मात आँधी र वर्षा सुरु भएको थियो । घाइतेहरुलाई अस्पताल पु¥याउन सेनाको हेलिकप्टर परिचालन गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *