बादल फुटेर १५ जनाको मृत्यु र ३ दर्जनभन्दा बढी बेपत्ता भएपछि अमरनाथ यात्रामा अस्थायी प्रतिबन्ध

डिसी नेपाल
२५ असार २०७९ १०:२५
4.8k
Shares

काठमाडौं । जम्मू कश्मीरको अमरनाथ गुफा नजिक शुक्रबार साँझ बादल फुट्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ । त्यस्तै, खराब मौसमका कारण अमरनाथ यात्रामा अस्थायी प्रतिबन्ध लगाइएको छ ।

बालटाल र पहलगामको संयुक्त प्रहरी नियन्त्रण कक्षले बीबीसी हिन्दीलाई यो जानकारी दिएको छ। राहत तथा उद्धार कार्य जारी रहेकाले घाइते र बेपत्ताको वास्तविक संख्याबारे केही भन्न गाह्रो भएको नियन्त्रण कक्षले जनाएको छ ।

अधिकारीहरूले यसअघि भने ३०-४० जनाको खोजी जारी रहेको बताएका थिए। यसअघि शुक्रबार साँझ करिब ५:३० बजे अमरनाथ गुफामुनि बादल फुटेको थियो ।

एनडीआरएफ, एसडीआरएफ र उद्धार कार्यसँग सम्बन्धित सबै एजेन्सीहरू घटनास्थलमा मानिसहरूलाई बचाउन लागि परेका छन्।

अर्कोतर्फ अल इन्डिया रेडियोले बादल फुटेपछि पवित्र अमरनाथ गुफा नजिकै फसेका मानिसहरूलाई पञ्जतारनी पठाइएको जानकारी दिएको छ ।

उसको ट्वीटका अनुसार, ‘शनिबार बिहान ३.३८ बजेसम्म मानिसलाई निकाल्ने काम चलेको छ । अहिले ट्र्याकमा यात्रु छैनन् । हालसम्म १५ हजार जनालाई सकुशल स्थानान्तरण गरिएको छ ।’

प्रधानमन्त्री नरेन्द्र मोदीले अमरनाथ गुफा मुनिको बादल फुटेर भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, “अमरनाथ गुफा नजिकै बादल फुटेको घटनाले दुखित भएको छु। शोक सन्तप्त परिवारहरूप्रति मेरो समवेदना। स्थितिको जानकारी लिन मनोज सिन्हा (जम्मु कश्मिरका लेफ्टिनेन्ट गभर्नर) सँग कुरा गरेको छु। उद्धार र राहत कार्य जारी छ। सबै सम्भव सहयोग प्रभावितलाई दिइने ।’

राष्ट्रपति रामनाथ कोविन्दले ट्विट गरेका छन्, “अमरनाथ गुफा नजिकै बादल फुटेको खबरले दुखित भएको छु । त्यसबाट ज्यान गुमाएक र शोक सन्तप्त परिवारप्रति मेरो समवेदना।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *