यसरी भएको थियो शिन्जो आबेको हत्या, हेर्नुहोस् गोली लागेर ढल्दै गरेको भिडियो

डिसी नेपाल
२५ असार २०७९ १५:२९

काठमाडौं । जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबे रहेनन् । शुक्रबार बिहान चुनावी सभाका क्रममा उनीमाथि आक्रमण भएको हो । हत्याराले उनलाई दुई पटक गोली हाने । समाचार अनुसार हत्यारा पक्राउ परेका छन् ।

जानकारीका अनुसार सिन्जो आबेलाई चुनावी प्रचारका क्रममा गोली लागेको थियो । शिन्जो आबेको छातीमा गोली लागेको बताइएको छ । घटनापछि सिन्जो आबेलाई एयरलिफ्ट गर्दा उनको सास चलिरहेको थिएन।

पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि भएको आक्रमणको बारेमा जापानी अधिकारीहरूले भनेका छन् कि एयरलिफ्टिङ गर्दा उनको मुटुको धड्कन रोकिएको थियो, सास चलिरहेको थिएन।

योसँगै पूर्वप्रधानमन्त्रीका हत्यारा पनि पक्राउ परेका छन् । नारा शहरका ४१ वर्षीया तेत्सुया यामागामीमाथि आक्रमण गरेको आरोप छ । जापानी अधिकारीहरुले उनलाई सोधपुछ गरिरहेका छन् ।

जापानमा माथिल्लो सदनका लागि चुनाव हुन लागेको छ र फेरि एकपटक शिन्जो आबे चुनावी मैदानमा थिए, उनले ठाउँ–ठाउँमा प्रचारप्रसार गरिरहेका थिए । शिन्जो आबेले शुक्रबार बिहान नारा शहरमा एक सभालाई सम्बोधन गर्दै थिए। चारैतिरबाट सिपाहीहरूले घेरेका सिन्जो आबे जनताका बीचमा बोलिरहेका थिए, जब दुईवटा गोली चल्यो। सिन्जो आबे गोली लागेपछि ढले।

शिन्जो आबे र वरपरको भीडको सुरक्षामा खटिएका सिपाहीहरू एक्कासी गोली चलेपछि आत्तिए। सुरक्षाकर्मीहरूले तुरुन्तै संदिग्ध आक्रमणकारीलाई नियन्त्रणमा लिए। यसपछि सिन्जो आबेलाई अस्पताल लैजाने अभ्यास सुरु भयो । घटनास्थलमा उपस्थित जापानी अधिकारीका अनुसार गोली लागेपछि सिन्जो आबेको मुटुको धड्कन रोकिएको थियो ।

भिडियोमा जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेलाई चुनावी प्रचारका क्रममा पछाडिबाट बन्दुकले आक्रमण गरेको देख्न सकिन्छ । भिडियोको पृष्ठभूमिमा गोली चलेको आवाज सुन्न सकिन्छ। गोलीको आवाज आउनुअघि जापानी प्रधानमन्त्री सिन्जो आबेको भाषण सुन्न जम्मा भएको भीडमा अराजकताको माहोल थियो ।

गोली लागेपछि पूर्वप्रधानमन्त्री सिन्जो आबे भुइँमा लडे र रगत बग्न थाल्यो । उनीसँगै उपस्थित चिकित्सकलाई तत्काल बोलाइयो । जापानी मिडिया एनएचकेका अनुसार डाक्टरहरूले शिन्जो आबेको मुटुको धड्कन बन्द भएको पाए। जापानी अधिकारीहरुका अनुसार आक्रमणकारीले पछाडिबाट गोली चलाएका थिए, जुन सिन्जो आबेको पिठ्युँ हुँदै छातीमा प्रवेश गरेको थियो ।

सिन्जो आबेमाथि हमला गर्ने खरानी रंगको टी-सर्ट लगाएका ४१ वर्षीय व्यक्तिलाई घटनास्थलमा सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएका थिए। प्रहरीले उनको साथबाट एउटा बन्दुक पनि बरामद गरेको छ, जसबाट सिन्जो आबेलाई गोली लागेको थियो। पछि संदिग्धको पहिचान नारा निवासी तेत्सुया यामागामीको रुपमा भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *