विमान ध्वस्त हुँदा एक्लै बाँचेका व्यक्ति १० दिनसम्म खतरनाक जनावरको बीचमा बाँचे

डिसी नेपाल
२५ असार २०७९ १५:५७

काठमाडौं । विमान दुर्घटनामा बाँचेका एक व्यक्तिको १० दिनपछि उद्धार गरिएको छ । चाँदी उत्खनन गर्ने यी व्यक्ति बाँचेको कथा कुनै चमत्कार भन्दा कम छैन।

डेलीस्टारको रिपोर्ट अनुसार एन–२ विमान दुर्घटनामा ३६ वर्षीय पावेल क्रिभोसपाकिन गम्भीर घाइते भएका थिए । त्यसपछि उनी रुसको जंगलमा दस दिन एक्लै बसे । उनलाई धेरै गम्भिर चोट पनि लागेको थियो । १० कठिन दिनहरूमा उनले चाउचाउ खाएर आफूलाई जीवित राखे। उनले यी चाउचाउहरू झुपडीमा भेटेका थिए।

पाभेलले चाँदी खानीमा काम गर्छन्। जुलाई १ मा उनलाई रुसको याकुतिया क्षेत्रमा उद्धार टोलीले फेला पारेको थियो । यो क्षेत्र खैरो भालु र ब्वाँसाले घेरिएको छ। जुन विमान दुर्घटनामा पावेल बाँचे, सो विमानका पाइलट र को-पाइलट जिउँदै जलेका थिए ।

पावेलले भने कि उनी सम्भवतः विमानको पछाडि रहेको कारण बाँचेका थिए। यस भागमा १ टन भन्दा बढी खाद्यान्न र चाँदी खानी उपकरणहरू थिए।

अस्पतालमा भर्ना भएपछि पावेल क्रिभोसापकिनलाई होश आयो । त्यसपछि उनले दुर्घटनामा चारैतिर धुवाँ मात्रै रहेको उनले बताए । विमान जलिरहेको थियो । उनी करिब तीन घण्टा विमान नजिकै बसे ।

जब उनी विमानबाट ओर्लिए, उनले नदीको किनारमा एउटा झुपडी भेटे, जहाँ उनले चाउचाउका धेरै प्याकेटहरू फेला पारे। यो खाएर उनले १० दिनसम्म आफ्नो जीवन चलाए ।

पावेलले धेरै पटक हेलिकप्टरको आवाज सुनेको र झण्डा पनि देखाएको बताए । दसौं दिन, उद्धार टोलीमा रहेको पोलर एयरलाइन्सको एमआई-८ हेलिकप्टरले उनीहरूलाई देख्यो र उनीलाई साथमा लग्यो ।

पहिले उद्धार टोलीले दुर्घटनाग्रस्त विमानको भग्नावशेष फेला पारे, त्यसपछि पाइलट र को-पाइलटको शव देखा पर्‍यो। करिब एक घण्टापछि पावेलले उनीहरूलाई भेटे ।

रुसको याकुतिया क्षेत्रमा जहाँ पाभेल भेटिएका थिए, त्यहाँ जाडोमा तापक्रम माइनस ५० डिग्री सेल्सियससम्म पुग्छ। गर्मीमा यहाँको दिनको तापक्रम १८ डिग्री सेल्सियसको आसपास रहन्छ। जुन राति १० डिग्री सेल्सियसमा झर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *