श्रीलंकामा सभामुखलाई अन्तरिम राष्ट्रपति बनाउन प्रस्ताव
काठमाडौं । श्रीलंकामा आर्थिक संकटलाई लिएर जारी विरोध प्रदर्शनका बीच आन्दोलनकारीले राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवास कब्जा गरेका छन् ।
मिडिया रिपोर्टमा राजापाक्षेले देश छाड्ने अनुमान गरिएको छ। यसैबीच प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको आकस्मिक बैठकमा सभामुखलाई अन्तरिम राष्ट्रपति बनाउने प्रस्ताव आएको छ ।
श्रीलंकामा लामो समयदेखि राष्ट्रपति गोटाबाया राजापाक्षेविरुद्ध ‘गोटा गो गामा’ र ‘गोटा गो होम’ आन्दोलन चलिरहेको छ । गामा भनेको सिंहली भाषामा गाउँ हो। प्रदर्शनकारीले एकै ठाउँमा पाल टाँगेर राष्ट्रपति र सरकारविरुद्ध ‘गोटा–गो–गामा’ नारा लगाएका छन् ।
उनीहरुको उद्देश्य राष्ट्रपति गोटाबाया राजापाक्षेलाई सत्ताबाट हट्न बाध्य पार्ने थियो। यसैबीच राष्ट्रपति गोटबायाको तर्फबाट पार्टीको निर्णयलाई सम्मान गर्ने बताइएको छ ।







डिसी नेपाल







Facebook Comment