सहकार्य गर्न अमेरिका र चीन इच्छुक

डिसी नेपाल
२६ असार २०७९ ९:०९
404
Shares

वाली। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र चिनियाँ विदेशमन्त्री वाङ यीले सँगसँगै काम गर्ने आशा व्यक्त गरेका छन्। शनिबार इन्डोनेसियामा आयोजित एउटा दुर्लभ वार्तापछि दुबै देशका विदेशमन्त्रीले यस्तो आशा व्यक्त गरेका हुन्।

दुबै नेताले पुनः वार्ता गर्न आफूहरु उत्सुक रहेको बताएका छन्। ‘ हामी सृजनशिल र रचनात्मक वार्तालापको लागि धेरै उत्सुक छौं’, अमेरिकी विदेशमन्त्री ब्लिन्केनले भने। उक्त अवसरमा विदेशमन्त्री वाङले राष्ट्रपति चीनका राष्ट्रपति सी जिनपिङले विश्वका दुई ठूला आर्थिक शक्तिहरूबीचको सहकार्य र आपसी सम्मानमा विश्वास गरेको बताएका थिए।

‘चीन र अमेरिका दुई ठूला देश हुन् । तसर्थ, दुई देशले सामान्य आदानप्रदान कायम गर्न आवश्यक छ’ विदेशमन्त्री वाङले भने ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *