श्रीलंकाका प्रधानमन्त्रीले पनि राजीनामा दिने

डिसी नेपाल
२६ असार २०७९ ९:४९
64
Shares

कोलम्बो। श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघले पनि राजीनामा दिने भएका छन्। सरकारको विरोधमा उत्रिएका प्रदर्शनकारीले राष्ट्रपति र प्रधानमन्त्री दुबैको राजीनामा माग गरेका छन्। प्रधानमन्त्री विक्रमासिंघले सर्वदलीय सरकार बन्ने तयारी गरेसँगै आफूले राजीनामा दिने बताएका छन्।

राजीनामा माग गर्दै प्रदर्शनकारीले शनिबार राति प्रधानमन्त्री विक्रमासिंघेको घरमा आगजनी गरेका थिए। यसअघि राष्ट्रपति महिन्दा राजापाक्षेको राजीनामा माग गर्दै प्रदर्शनकारी राष्ट्रपति निवास छिरेका थिए। प्रदर्शनकारी छिरेपछि राष्ट्रपति सुरक्षित क्षेत्रतर्फ भागेका थिए।

राष्ट्रपति राजापाक्षेले राजीनामा दिने घोषणा गरिसकेको सभामुख महिन्दा यापा अबेवर्देनाले बताएका छन्। राष्ट्रपति राजापाक्षे जुलाई १३ मा राजीनामा गर्न सहमत भएको सभामुखले जानकारी दिए


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *