श्रीलंका संकट: शान्ति कायम गर्न सेना प्रमुखले खोजे जनताको समर्थन

डिसी नेपाल
२६ असार २०७९ ११:४१
112
Shares

कोलम्बो। अभूतपूर्व आर्थिक संकट सामना गरेको श्रीलंकाका सेना प्रमुख जनरल सभेन्द्र सिल्भाले आइतबार शान्ति कायम गर्न जनताको समर्थन खोजेका छन्। जनरल शभेन्द्र सिल्वाले आज एक विज्ञप्ति जारी गर्दै वर्तमान संकटलाई शान्तिपूर्ण ढंगले समाधान गर्ने अवसर आएको बताए।

उनले श्रीलंकालीहरूलाई देशमा शान्ति कायम गर्न सशस्त्र बल र प्रहरीलाई सहयोग गर्न आग्रह गरे। शनिबार राष्ट्रपति गोटाबाय राजापाक्षेको राजीनामा माग गर्दै प्रदर्शनकारीको ठूलो समूह राष्ट्रपति निवास प्रवेश गरेको थियो।

प्रदर्शनकारी प्रवेश गर्न थालेपछि राष्ट्रपति राजापाक्षेलाई सुरक्षाकर्मीले सुटुक्क सुरक्षित क्षेत्रतर्फ लगेको थियो। राष्ट्रपतिले १३ जुलाईमा राजीनामा दिने घोषणा गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *