जापानी प्रधानमन्त्रीको हत्या गरिएपछि चीन र दक्षिण कोरियामा खुसियाली मनाइँदै

डिसी नेपाल
२६ असार २०७९ १२:३९

काठमाडौं । शुक्रबार हत्या गरिएका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई विश्वका अधिकांशले श्रद्धाञ्जली अर्पण गरेका छन् तर चीन र दक्षिण कोरियाका केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनको दुःखद मृत्युको उत्सव मनाइरहेका छन् ।

सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीका उम्मेदवारको समर्थनमा भाषण दिइरहेका बेला नारा सहरमा भएको चुनावी कार्यक्रममा बिहान साढे ११ बजेको समयमा बोल्दै गरेका ६७ वर्षीय आबेको गोली हानी हत्या भएको थियो । उनलाई नजिकबाट घाँटीमा दुई पटक गोली प्रहार गरिएको थियो । उनलाई तत्काल नारा मेडिकल युनिभर्सिटी अस्पताल लगिएको थियो तर निको हुन नसकेपछि साँझ ५ बजे मृत घोषणा गरिएको थियो ।

घटनास्थलबाटै पक्राउ परेका नारा निवासी ४१ वर्षीय तेत्सुया यामागामी नामका संदिग्ध बन्दुकधारीले घरेलु हतियारबाट गोली प्रहार गरेको स्वीकार गरेका छन् । विश्वका प्रधानमन्त्रीहरू, राष्ट्रपतिहरू र महारानीहरू सहित नेताहरूले आबेको हत्यामा स्तब्ध र दुःख व्यक्त गरेका छन्, तर चीन र दक्षिण कोरियामा भावनाहरू फरक फरक छन्, जहाँ केही राष्ट्रवादीहरूले यामागामीलाई “नायक’को रूपमा प्रशंसा गरेका छन् ।

डेलीस्चीटारका अनुसार नमा युट्युबजस्तै भिडियो शेयरिङ प्लेटफर्म बिलिबिलीमा एक प्रयोगकर्ताले आबेको हत्याको बारेमा आएको भिडियोमा “महान समाचार” लेखे, जबकि वेइबो “उत्सव सुरु गरौं” भनिएको पोस्ट ३० मिनेट भित्र १ लाख ५० हजार पटक लाइक गरियो । चाइना सेन्ट्रल टेलिभिजनको एक सोशल मिडिया खाता पनि आबेको हत्याको समर्थनमा टिप्पणीहरूले भरिएको थियो।

स्वास्थ्य चिन्ताका कारण सन् २०२० मा राजीनामा गर्नुअघि आबेले जापानी सरकारको नेतृत्वमा झण्डै आठ वर्ष बिताएका थिए। उनले देशको सुरक्षा बललाई आधुनिकीकरण गर्ने, अमेरिकासँगको गठबन्धनलाई अगाडि बढाउने र दुई दशकको स्थिरतापछि अर्थतन्त्रलाई पुनरुत्थान गर्नेलगायतका प्रमुख सुधारहरू प्रस्तुत गरे। उनी इन्डो-प्यासिफिक क्षेत्रमा चीनको बढ्दो आक्रामकताको बिरूद्ध उभिएका नेताको रूपमा परिचित थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *