अबेको हत्याको छायाँबीच जापानमा निर्वाचन

डिसी नेपाल
२६ असार २०७९ १३:०८
416
Shares

टोकियो। पूर्वप्रधानमन्त्री शिन्जो आबेको चुनावी प्रचारका क्रममा हत्या भएको दुई दिनपछि जापानी मतदाताहरूले आइतबार माथिल्लो सदनको चुनावमा आफ्नो मतदान गरेका छन्। आबेको सत्तारुढ लिबरल डेमोक्रर्याटिक पार्टीले आफ्नो बहुमत बढाउने अपेक्षा गरिएको जारी चुनाव हत्याको छायाँमा परेको छ।

विभत्स हत्याले प्रजातान्त्रिक पक्रिया अवरोध नहुने प्रधानमन्त्री फुमिको किसिदा र अन्य राजनीतिज्ञहरूले बताउँदै आएका छन्। ‘चुनावका क्रममा आवाज दबाउन हामीले कहिल्यै पनि हिंसालाई अनुमति दिनु हुन्न’, उनले भने।

उनले टोकियोस्थित आबेको घरमा शोक व्यक्त गरेका छन । अबेको शव शनिबार दिउँसो पश्चिमी जापानको अस्पतालबाट घरमा लगिएको थियो। अबेको हत्यापछि सम्पूर्ण देश नै स्तब्ध बनेको छ । उनको हत्याको विश्व नेताले निन्दा गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *