उडिरहेको विमानमा जोडीले गरे यस्तो हर्कत, विमान अर्को देश डाइभर्ट गर्नुपर्‍यो

डिसी नेपाल
२६ असार २०७९ १५:००

काठमाडौं । मादक पदार्थ सेवन गरेर मातेर एक जोडीले विमानभित्र बबाल मच्चाए । उनीहरूले फ्लाइटको शौचालयमा गएर चुरोट पिएपछि अन्य यात्रुहरुलाई समस्या भयो । यो जोडीले यतिसम्म उत्पात मच्चाए कि विमानलाई अर्को देशमा डाइभर्ट गर्नुपर्‍यो ।

इजीजेटको यो उडान लिभरपुलबाट टेनेरिफ जाँदै थियो। तर त्यसलाई पोर्चुगलको राजधानी लिस्बनतर्फ मोड्नुपर्‍यो। जहाँ यो नराम्रो जोडीलाई निकालियो । विमानमा छुट्टी मनाउन जानेहरु धेरै थिए तर उनीहरुका लागि यो यात्रा ‘नरक’ बन्यो । इजीजेटको उडान जोन लेनन एयरपोर्ट लिभरपुलबाट उडेको थियो।

लिभरपुल इकोका अनुसार उक्त विमानमा ४९ वर्षीय हंस महरला पनि सवार थिए । उनी लङ्काशायर (युके) बाट आएका हुन्। उनी कोरोना महामारीपछि पहिलो पटक बिदामा गएका हुन् । उनले उडानमा भएको गडबडीको बारेमा बताए । हंसले एउटा तस्बिर पनि क्लिक गरेका थिए, जसमा आरोपित व्यक्ति आफ्नो सिट नजिकै उभिएर रक्सी पिइरहेको देखिएका छन् ।

हंसका अनुसार दम्पतीले उडानका क्रममा अत्यधिक मदिरा सेवन गरेका थिए । यसै क्रममा विमानमा ड्युटी फ्री रक्सी र चुरोट नखाने घोषणा गरिएको थियो । तर दम्पती मानेनन्, र शौचालय गएर चुरोट खान थाले । हंले भने कि १० मिनेटपछि पाइलटले घोषणा गरे कि उनी उडान लिस्बनमा अवतरण गर्दै छन्।

यसपछि महिला क्रोधित भइन् र ढोकामा लात हान्न थालिन् । पछि यो जोडीलाई लिस्बनमा छोडियो। जसका कारण उडान करिब डेढ घण्टा ढिलो गरी गन्तव्यमा पुगेको थियो । अन्य यात्रुहरू टेनेरिफ पुगेपछि ताली बजाएर खुशी व्यक्त गरे ।

यस विषयमा एयरलाइन्स कम्पनीको बयान पनि आएको छ । इजीजेट कम्पनीका प्रवक्ता भने, ‘हामी पुष्टी गर्दैछौँ कि जुलाई ६ मा लिभरपुलबाट टेनेरिफको उडान इजेडवाइ ७१६९ लाई लिस्बन डाइभर्ट गरिएको थियो । दुई जना यात्रुलाई प्रहरीको जिम्मा लगाइएको छ ।

त्यस्ता घटनाहरू दुर्लभ छन्, तर हामी तिनीहरूलाई धेरै गम्भीर रूपमा लिन्छौं। उडानमा दुर्व्यवहार वा धम्कीपूर्ण व्यवहार सहन हुँदैन। हाम्रा ग्राहकहरू र चालक दलको सुरक्षा र कल्याण हाम्रो शीर्ष प्राथमिकता हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *