योग स्वस्थ रहने उत्तम उपाय होः पूर्वमन्त्री पोखरेल

डिसी नेपाल
२६ असार २०७९ २१:३९
8
Shares

महोत्तरी । मानिसको जीवनलाई तनावमुक्त बनाउन योग, ध्यानको आवश्यक रहेको पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् ।

सिटीइभिटीद्वारा सञ्चालित नेपालमा नै पहिलो ६५ दिन ३९० घण्टाको योग तालिमको समापन कार्यक्रममा बोल्दै नेता पोखरेलले नेपाललाई नै योगयुक्त देश बनाउन आवश्यक रहेको औँल्याए ।

योग प्राचीन विज्ञान भएको हुनाले यसलाई प्रचारप्रसार गरेर सबै मानिस स्वस्थ र खुलासा रहनुपर्ने उनको तर्क छ ।

योगसँगै जोडिएको बैकल्पित आयुर्वेदिक चिकित्सा पद्धति वैकल्पिक नभएको जिकिर गर्दै पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका पोखरेलले यसलाई नै मुख्य उपचार पदतिकोरुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

हरेक तनावबाट मुक्त बनी स्वस्थ जीवन जिउन योग नै महत्त्वपूर्ण रहेको बताउँदै नेता पोखरलले योगलाई स्वरोजगारमा जोडन नेपालमा पहिलोपटक पाठ्यक्रम समेत लागू भएको बताए ।

नेता पोखरेलले योगमाया विश्वविद्यालयको लागी आफूले संसद‍्मा लविङ्ग गरिरहेको पनि बताए ।

उनले ठट्यौली पाराले नेताहरूलेसमेत योग गरेको भए नेकपा नफुट्ने दाबी गरे । योगले सकारात्मक विचारको सञ्चार गर्ने भएकाले नेपालका हरेक ठाउँमा योग अभ्यासको जरुरी भएको उनको ठहर छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.