जापानको संसदको माथिल्लो सदनमा शिन्जो आबेको पार्टीको २ तिहाइभन्दा धेरै बहुमत

डिसी नेपाल
२७ असार २०७९ ११:३५
848
Shares

काठमाडौं । गत हप्ता जापानमा आक्रमणकारीद्वारा मारिएका पूर्वप्रधानमन्त्री सिन्जो आबेको पार्टीले आइतबार भएको माथिल्लो सदन निर्वाचनमा भारी जित हासिल गरेको छ ।

सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी र यसका सहयोगीहरूले निर्वाचनमा दुई तिहाइभन्दा बढी बहुमत पाएका छन्, जसले पार्टीलाई संवैधानिक सुधारका काम अघि बढाउन अनुमति दिएको छ।

सिन्जो आबेको शुक्रबार (जुलाई ८) चुनावी प्रचारका क्रममा गोली हानी हत्या गरिएको थियो । तर, सरकारले निर्वाचन प्रक्रिया नरोक्ने निर्णय गर्दै आइतबार मतदान गरेको हो ।

शिन्जो आबे विश्वयुद्धपछिको संविधान परिवर्तन गर्न चाहन्थे। उनले जापान एक शान्तिवादी राष्ट्र हो भन्ने अंश हटाउन चाहन्थे। तर, यो परिवर्तनमा उनी सफल हुन सकेनन् ।

अब शिन्जो आबेको मृत्युपछि उनको पार्टी संविधानमा परिवर्तन ल्याउन सक्ने बलियो स्थितिमा छ ।

यसै क्रममा जापानी प्रहरीले सिन्जो आबेको हत्यामा आफ्नो सुरक्षामा कमजोरी भएको स्वीकार गरेको छ । त्यसपछि चुनावी प्रचारका क्रममा अन्य नेताहरुको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

सिन्जो आबेलाई चुनावी प्रचारका क्रममा एक व्यक्तिले गोली हानेका थिए । संदिग्धले भने कि उनी शिन्जो आबेसँग असन्तुष्ट थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *