प्रधानमन्त्री जोनसनविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने तयारी

डिसी नेपाल
२८ असार २०७९ १३:४६
68
Shares

लन्डन। बेलायतको मुख्य विपक्षी लेबर पार्टीले मंगलबार प्रधानमन्त्री बोरिस जोनसनको सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने तयारी छ । प्रस्तावमाथि बधबार मतदान हुने अपेक्षा गरिएको छ।

अविश्वासको प्रस्तावको अर्थ संसदमा प्रतिनिधित्व गर्ने सबै दलका सांसदहरूले तत्कालका लागि जोनसन नेतृत्वको वर्तमान सरकारलाई नरन्तरता दिने वा नदिने भन्ने बारेमा मतदान गर्नेछन्। सरकारले विश्वास गुमाएमा चुनावमा जाने सम्भावना पनि हुन्छ।

एक साताअघि प्रधानमन्त्रीले कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताबाट राजीनामा दिएका थिए। अर्कोए नेता चयन नहुन्जेल उनी प्रधानमन्त्रीमा रहने बताउँदै आएका छन्। प्रधानमन्त्रीले राष्ट्रिय हित विपरित काम गरेको र यौन दुव्र्यवहारका ओरोपित सांसदलाई संरक्षण गरेको भन्दै गत साता उनको मन्त्रीमन्डलका ४० भन्दा बढी मन्त्री र सहयोगीले राजीनामा दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *