युक्रेनले किन तोड्यो उत्तर कोरियासँग सम्बन्ध ?
किभ। पूर्वी युक्रेनमा रुस समर्थक पृथकतावादीहरूले आफ्नो स्वघोषित गणतन्त्रलाई प्योङयाङले मान्यता दिएको केही घण्टापछि युक्रेनले उत्तर कोरियासँगको सम्बन्ध तोडेको बताएको छ ।
उत्तर कोरियाले तथाकथित दोनेत्स्क पिपुल्स रिपब्लिक र लुगान्स्क पिपुल्स रिपब्लिकलाई मान्यता दिएपछि युक्रेनले कदम चालेको हो। गत महिना रुसी सहयोगी सिरियाले पनि पूर्वी क्षेत्रलाई मान्यता दिएको थियो।
युक्रेनी विदेश मन्त्रालयले एक विज्ञप्तिमा रुसले अस्थायी रूपमा कब्जा गरेको क्षेत्रलाई मान्यता दिने उत्तर कोरियाको निर्णयको निन्दा गरेको छ। ‘ युक्रेनले लोकतान्त्रिक जनवादी गणतन्त्र कोरियासँग कूटनीतिक सम्बन्ध तोडेको घोषणा गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।
यसैबीच युक्रेनी विदेशमन्त्री दिमित्री कुलेबाले रुसका सहयोगी देशहरु घट्दै गएको दाबी गरेका छन् । विदेशमन्त्री कुलेबाले विज्ञप्तिमा भनेका छन्, ‘आर्थिक र राजनीतिक रूपमा रूसमा निर्भर देशबाहेक संसारमा अब कुनै पनि सहयोगीहरू छैनन्। ’
रुसले फेब्रुवरी २४ मा युक्रेनमा आक्रमण सुरु गर्नुभन्दा केही समयअघि नै स्वघोषित गणतन्त्रलाई मान्यता दिएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment