सुडानमा व्यभिचारको आरोपमा २० वर्षीय युवतीलाई मृत्युदण्ड !
खार्तुम। सुडामा एक युवतीलाई व्यभिचारको आरोपमा ढुंगाले हानेर मृत्युदण्डको सजाय सुनाइएको छ। करिब एक दशकमा पहिलो पटक सुडानमा यस्तो सजाय सुनाइएको हो।
सुडानको ह्वाइट नाइल राज्यको प्रहरीले गत महिना २० वर्षीया मरियम अलस्यद तिराबलाई फौजदारी अदालतमा जुन २६ मा सजाय सुनाउनुअघि पक्राउ गरेको थियो। फैसलाविरुद्ध उनले उच्च अदालतमा अपील गरेकी छिन्।
पीडितको कानुनी प्रतिनिधि उपस्थित गर्न नदिएको र प्रहरीबाट औपचारिक उजुरी नलिई मुद्दाको सुनुवाइ गरिएको भन्दै मानवअधिकार समूहहरूले उनीमाथि दिइएको सजायको विरोध गरेका छन्।
सुडानमा इस्लामिक कानुमा रहेर सजाय दिइन्छ। विशेष गरी दोषीलाई हात तथा खुट्टा काट्ने गरिन्छ। दुर्लभ अवस्थामा मात्र मृत्युदण्डको सजाय दिइन्छ। गत वर्ष देशको सेनाले सत्ता कब्जा गरेपछि सुडानमा महिला अधिकार कटौती भइरहेको भन्दै त्यसप्रति चिन्ता व्यक्त हुन थालेका छन्।
युगान्डामा रहेको अफ्रिकी सेन्टर फर जस्टिस एण्ड पिस स्टडीज (एसीजेपीएस)ले तिराबलाई तत्काल र बिना शर्त रिहाइ गर्न आह्वान गरेको छ। सरकारले घरेलु र अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरेको आरोप लगाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment