श्रीलंकामा सरकारी भवन खाली गर्ने विषयमा सरकार र प्रदर्शनकारीका प्रतिनिधिबीच वार्ता

डिसी नेपाल
३० असार २०७९ १२:२९
92
Shares

कोलम्बो। श्रीलंकामा सरकार विरोधी प्रदर्शनकारीहरूले कब्जा जमाएर बसेका सरकारी भवनबाट हट्ने विषयमा प्रदर्शनकारी र सरकारका प्रतिनिधिबीच वार्ता भएको छ। प्रदर्शनकारीले आर्थिक संकटबीच राष्ट्रपति र प्रधानमन्त्री दुबैले राजीनामा दिनुपर्ने बताएका छन्।

यसै साता राष्ट्रपति गोटाबाय राजापाक्षेको राजीनामा माग गर्दै प्रदर्शकारी उनको निवासमा प्रवेश गरेका थिए। प्रदर्शनकारी निवासमा छिर्नुअघि त्यहाँबाट अज्ञात स्थलतर्फ भागेका राजापाक्षे बुधबार माल्दिभ्सको राजधानी माले पुगेका थिए। त्यसयता प्रदर्शनकारीले राष्ट्रपति र प्रधानमन्त्रीको कार्यलय ओगटेका छन्। बुधबार प्रदशर्नकारी प्रधानमन्त्री निवास पनि प्रवेश गरेका थिए।

कार्यवाहक राष्ट्रपतिसमेत रहेका प्रधानमन्त्री रनिल विक्रमासिंघले प्रदर्शकारीले ओगटेका सरकारी भवनहरू खाली गर्न माग गरेका छन्। शान्ति सुव्यवस्था कायम गर्न आवश्यक कदम चाल्न उनले सुरक्षा बलहरूलाई निर्देशनसमेत दिएका छन्।

यसैबीच, एक शीर्ष बौद्ध भिक्षुले २०० वर्षभन्दा पुरानो राष्ट्रपति दरबार सरकारी अधिकारीहरूलाई फिर्ता गर्न र यस बहुमूल्य कला र कलाकृतिहरू सुरक्षित गर्न सार्वजनिक आह्वान गरेका छन्।

राजापाक्षे र उनका सुरक्षा गार्डले छाडेपछि हजारौँ मानिस दरबार परिसरमा पुगेका छन्। गोटा गो होम अभियानमा संलग्न एक कार्यकर्ताले समाचार संस्था एएफपीसँग भने, ‘भवनहरू अधिकारीहरूलाई फिर्ता गर्ने कदम चालेको छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *