‘गुलाबी’मा नाजिर हुसेन अनुबन्धित

डिसी नेपाल
३० असार २०७९ १३:३७
84
Shares

काठमाडौं। निर्देशक समुन्द्र भट्टको नयाँ फिल्म ‘गुलाबी’मा अभिनेता नाजिर हुसेन अनुबन्धित भएका छन्। दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको यो फिल्मको स्क्रिप्टको काम सकिएको र निर्माणको आन्तरिक तयारीमा जुटिरहेको भट्टले बताइन्।

प्रि–प्रोडक्सनमा रहेको यो फिल्ममा हालै अभिनेता नाजिरलाई अनुबन्ध गरिएको छ। नाजिर फिल्ममा मुख्य अभिनयमा रहनेछन् । नाजिरबाहेक अन्य कलाकारहरूको टुंगो लाग्न बाँकी रहेको र केही कलाकार अडिसनबाट छनोट गरिने बताइएको छ । यो बीचमा कलाकार विशाल पहाडीसँग भने सम्झौता भइसकेको छ।

निर्देशक भट्टका अनुसार फिल्मको लागि नाजिरले कम्तिमा १५ केजी तौल घटाउनुपर्नेछ। स्क्रिप्टअनुसार नाजिरलाई ५० केजी तौलको पात्रमा तयार हुनुपर्नेछ।

भदौ अन्तिममा छायांकनमा जाने लक्ष्यकाबीच निर्माण टिम तयारीमा जुटेको छ। फिल्मलाई आलोक शुक्लाले खिच्नेछन्। फिल्मले उठाउने कथावस्तुको बारेमा निर्माण टिमले आधिकारिक रूपमा कुनै पनि तथ्य बाहिर ल्याएको छैन।

क्यानडाको टोरन्टो फिल्म स्कुलबाट निर्देशन कक्षा लिएर नेपाल फर्केकी भट्टले केही वर्षअघि फिल्म ‘आधा पेज’ निर्देशन गरेकी थिइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *