स्रोत नखुलेको नगदसहित ३० वर्षीय ठाकुर पक्राउ

डिसी नेपाल
३१ असार २०७९ १२:३५
1.7k
Shares

सर्लाही। स्रोत नखुलेको नगदसहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत सितामढी थाना कन्हौली ग्राम पंचायत रामनगरा-११ बस्ने ३० वर्षीय बिजय ठाकुर रहेका छन्।

मलंगवा नगरपालिका-८ गोरखकालीबाट  स्रोत नखुलेको नगद ५ लाख ११ हजार ५ सय रुपैयाँ सहित ठाकुरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

बीआर ३० एक्स ५५४४ नम्बरको मोटरसाइकलमा भारतको सोनवर्षाबाट नेपालको मलंगवा बजारतर्फ आउँदै गरेका उनलाई प्रहरीले जाँच गर्ने क्रममा हेलमेटभित्र लुकाई राखेको अवस्थामा उक्त नगद फेला परेको प्रहरीले जानकारी दिए। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.