श्रीलंकाको अन्तरिम राष्ट्रपतिको सपथ लिएपछि रनिल विक्रमासिङ्घेले दुईवटा महत्वपूर्ण घोषणा गरे
काठमाडौं । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले अन्तरिम राष्ट्रपतिको रुपमा सपथ ग्रहण गरेका छन् । उनलाई देशका प्रधानन्यायाधीशले सपथ गराएका थिए ।
अन्तरिम राष्ट्रपतिको सपथ लिएपछि रनिल विक्रमासिंघेले दुईवटा महत्वपूर्ण घोषणा गरेका छन् ।
विज्ञप्ति जारी गर्दै उनले भने, ‘अन्तरिम राष्ट्रपति बनेदेखि मैले दुईवटा महत्वपूर्ण निर्णय लिएको छु । पहिलो महत्वपूर्ण निर्णय भनेको म राष्ट्रपतिका लागि ‘महामहिम’ शब्द प्रतिबन्ध लगाउँदैछु र दोस्रो हामीले राष्ट्रपतिको झण्डा खारेज गर्दै छौं ।’
गोटाबायाले राजीनामा दिएपछि उनले सपथ ग्रहण गरेका हुन् ।
यसअघि बिहीबार साँझ सिंगापुर पुगेका गोटाबाया राजापाक्षेले श्रीलंकाको संसदका सभामुखलाई इमेलमार्फत राजीनामा बुझाएका थिए । जसलाई सभामुखले आज स्वीकृत गरेका छन् ।
राजीनामा स्वीकृत भएको केही समयपछि रनिल विक्रमासिंघेले अन्तरिम राष्ट्रपतिको रुपमा सपथ लिएका थिए ।







डिसी नेपाल







Facebook Comment