साउदी अरेबियाले इजरायलका विमानका लागि आफ्नो हवाई क्षेत्र खोल्यो
काठमाडौं । साउदी अरेबियाले इजरायली विमानका लागि आफ्नो हवाई क्षेत्र खोल्ने घोषणा गरेको छ । यो महत्त्वपूर्ण घोषणा अमेरिकी राष्ट्रपति जो बाइडेन मध्यपूर्वको भ्रमणमा रहेका बेला आएको हो । इजरायलका प्रधानमन्त्री यायर ल्यापिडले ट्वीट गर्दै खुशी व्यक्त गरेका छन् ।
उनले साउदी अरेबिया र अमेरिकाबीच लामो छलफल र कूटनीतिपछि यो खुसीको खबर आएको बताए । ल्यापिडले ट्वीट गर्दै लेखेका छन्– म साउदी नेतृत्वलाई एयरस्पेस खोलेकोमा बधाई दिन्छु। यो पहिलो चरण हो। हामी आवश्यक सावधानी अपनाउँदै इजरायली अर्थतन्त्र, इजरायली सुरक्षा र इजरायली नागरिकहरूको लागि काम गरिरहनेछौं।
להחלטה הזו קדמה החתימה על “הצהרת ירושלים” והעמקת המחוייבות האמריקאית לבטחון ישראל, למאבק בגרעין האיראני, ולהעמקה של הנורמליזציה ולתהליכים של הסכמי אברהם ופסגת הנגב.
— יאיר לפיד – Yair Lapid (@yairlapid) July 15, 2022
इजरायल भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि यो निर्णयको स्वागत गरेका छन् । जेरुसेलम पोष्टका अनुसार जो बाइडेनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यो निर्णय थप एकीकृत र स्थिर मध्यपूर्व क्षेत्र निर्माणको दिशामा महत्वपूर्ण कदम भएको बताए ।
इजरायलका पूर्वप्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानलाई यो निर्णयका लागि बधाई दिएका छन् । उनले साउदी अरेबियासँगको सम्बन्धलाई सामान्य बनाउने आधारशिला दुई वर्षअघि साउदी अरेबियाको हवाई क्षेत्रबाट दुबई र अबुधाबीका लागि सिधा उडान गर्न अनुमति दिएपछि राखिएको लेखेका छन् ।







डिसी नेपाल







Facebook Comment